विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ

मोरङ । माेरङ विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाका सुनका तयारी गरगहना १५३ ग्राम ८ मिलिग्राम, चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम ५ मिलिग्रामसहित पक्राउ परेका छन् ।

 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय मोरङ बिराटनगरबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले उक्त ज्वेलर्समा बिल बिनाको सुनचाँदीको तयारी गहना फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

उनलाई बरामद गहनासहित भन्सार कार्यालय रानी लगि आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।

LEAVE A REPLY