अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद

तिरिन कोट । प्रहरीले दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा हातहतियार र गोलाबारुद फेला पारेको प्रान्तीय प्रहरी प्रवत्ताm बिलाल उरुजगानीले आइतबार बताएका छन् ।

उनले अवैधरूपमा हतियार र गोलाबारुद राखेको आरोपमा एक जनालाई प्रक्राउ गरेको बताए । उनका अनुसार प्रान्तको उर्जगान जिल्लामा हालै गरिएको अपरेसनमा फेला परेका हातहतियारमा एकेएमका दुई टुक्रा, चार थान पेस्तोल र हजारौँ गोली समावेश छन् ।

यस्तै पूर्वी पक्तिया प्रान्तको अहमद आबाद जिल्लामा केही दिनअघि प्रहरीले एकेएमको अर्को टुक्रा पनि बरबमद गरेको थियो ।

तालिबान सरकारले सन् २०२१ अगस्टमा सत्तामा आएयता युद्ध ट्याङ्क र तोपखाना सहित हजारौँ हतियार र गोलाबारुद जम्मा गरेको जनाएको छ ।

LEAVE A REPLY